भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धनको काम रोक्ने सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
बुधबार दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धनको काम रोक्ने सहमति गरेको छ । भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको दार्चुला जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।
‘विवादित ठाउँमा काम रोकेर अघि बढ्ने सहमति भएको पनि बताइएको छ । भारतीय पक्षले निर्माण गरेका तथा प्राकृतिक रुपमा थुप्रिएका सामग्रीहरु हटाएर नेपालतर्फ भएर बगिरहेको पानीको बहावलाई बीच भागमा पार्ने गरी १० दिनभित्र काम गर्ने सहमति भएको जनाइएको छ । ‘सो क्रममा प्राकृतिक रुपमा जम्मा भएका नदीजन्य वस्तु, अस्थायी रुपमा हालिएका ग्याविन तारजाली र तटबन्ध भारतले हटाउने कुरा भएको छ ।’
विवाद नभएका क्षेत्रमा भने भारतीय पक्षले काम यथावत राख्ने बताएको छ ।
बैठकमा भारतको पिथौरागढका डिएम लगायतका सुरक्षा अधिकारीको समेत सहभागिता रहेको छ । भारतले सदरमुकाम नजिकैको बाङ्गाबगड क्षेत्रमा महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्न थालेपछि विवाद उत्पन्न भएको पनि जनाइएको छ ।
निर्माणको काम रोक्न माग गर्दै स्थानीयबासिन्दाले प्रदर्शन समेत गरेका थिए । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारतलाई काम रोक्न माग गर्दै कुटनीतिक नोट समेत पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: