गाडी, मदिरा, मोबाइल र मोटरसाइकल आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्ध हटाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध २९ मंसिर पछि हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सहमति दिने निर्णय भएको जानकारी दिएको छ । आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश समतेगरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित गरेर आयात प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ । सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो ।
सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याइएको थियो । सरकारको निर्णयपछि अब १ पुस एकदेखि यी वस्तुहरु आयात गर्न छुट पाइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array