रुसी तेल मूल्य प्रति ब्यारल ६० डलरमा सीमित गर्ने युरोपियन युनियनको सम्झौता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
युरोपियन युनियन (इयू) ले रुसी तेलको मूल्य प्रति ब्यारल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको छ । कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सम्झौता गरेको जनाएको छ । यसले रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सहयोग पुग्ने इयुको दाबी छ।
गतवर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक–पटक आग्रह गरिसकेको छ । रुस पछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दबाब दिएको इयूमा आवद्ध सदस्य राष्ट्रहरुले जनाएका छन्।
इयूको सोही निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरे लगत्तै लागू हुने छ। जसले मूल्यवृद्धि रोक्न तेलको विश्वव्यापी बजारलाई पुनः व्यवस्थित गर्ने लक्ष्य राखेको जनाइएको छ । सोही सम्झौता तत्काल लागू हुने अधिकारीहरुले बताएका छन्।
सम्झौतासँगै सदस्य राष्ट्रहरुले मात्र तोकिएको मूल्यमा कच्चा तेल खरिद गर्न पाउने उक्त समझदारी पत्रमा उल्लेख छ। शुक्रबार रुसी युराल्स कच्चा तेलको मूल्य प्रति ब्यारल ६४ डलर थियो।

प्रतिक्रिया दिनुहोस्

Array