किशोरीको मृत्यु प्रकरणः धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले निषेधाज्ञा गरेकोमा शनिबार बिहान ४ बजेदेखि हटाउने भएको छ । बिहीबार साँझदेखि धनगढीमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आज साँझ जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा विद्यालयतर्फ जाँदै गरेकी गणेश साउदकी १५ वर्षीया छोरी चेतना साउदको धनगढी पीपलचौतारा सडक खण्डमा सडक निर्माणमा प्रयोग भइरहेको ग्रेडरको ठक्करबाट मृत्यु भएपश्चात् शान्तिसुरक्षालाई सामान्य तुल्याउन जारी निषेधाज्ञा यही मङ्सिर १७ गते बिहान ४ बजेदेखि हटाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: