काठमाडौं–
प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भएको भेटवार्तामा सरकारमा सहभागि हुने विषयमा छलफल भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि, देउवा र राउतबिच बिहिबार दिउसो भएको भेटवातामा सरकारमा राउतको पाटि जाने विषयमा छलफल भएको जानकारी दिएको छ । यसपटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत निर्वाचित भएका छन् । यता समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेसहोल्ड जनमत पाटिले कटाइसकेको छ ।
‘भेटवार्ताको क्रममा सकारात्मक र परिणाममुखी वार्तामा गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ निधिले आफ्नो ट्विटरमा लेखेका छन् ।
देउवासँगको भेटवार्तामा सीके राउत सरकारमा सामेल हुने सहमति

प्रतिक्रिया दिनुहोस्