ललितपुर-३ बाट डा. तोसिमा कार्की प्रतिनिधि सभामा निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ–
राष्ट्रिय स्वतन्त्र पार्टीकी डां. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरेकि छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ ल्याउदा ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याइन । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

Array