विश्वकपमा स्पेनको सानदार सुरुआत, कोस्टारिकाको पोष्टमा ७ गोल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – फिफा विश्वकप फुटबलमा कोस्टारिकाविरुद्ध स्पेनले फराकिलो जित निकालेको छ । कतारको अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले सुखद सुरुआत गरेको हो ।

स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो ।

यस जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह ‘ई’ को स्पेन शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array