काठमाडौंको बसुन्धारामा ६ करोड बराबरको सुन र नगद लुटेको आरोपमा १० जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
काठमाडौंको बसुन्धारामा करिब ६ करोड बराबरको सुन र नगद लुटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा कार्तिक २९ मा राति समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेको प्रहरीले जानकारी दिएको छ ।
लुटेराले घरधनी नन्दसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेको जानकारी दिएको छ । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएर लुटपाट गरेका हुन् । लुटमा संलग्न ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
३ जनालाई पक्राउ गरेर प्रहरी वृत महाराजगञ्जमा थप अनुसन्धानका लागी पठाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array