काठमाडौं–१मा प्रकाशमान सिंह विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् । उनले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरेका छन् । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४ को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array