बाजुरामा मतपेटिकामा आगजनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – बाजुराको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामिकार्तिक गाउँपालिका १ मतदान स्थलको (क) केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।

मतदान अधिकृत रामकुमार यादवले एकाएक मतपेटिकामा धुवाँ निस्किएको बताए । मतपेटिकामा आगजनी कसले गरेको हो भन्नेबारे खुल्न नसकेको उनको भनाइ छ । उक्त घटनापछि पुनः मतदान गराउने या के गर्ने भन्नेबारे खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array