नेपाल टी -२० लिगकाे खेल तालिका सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने आधिकारिक क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक भएको छ ।

क्यानले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार डिसेम्बर १२९मंसिर २६० बाट सुरू हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको लिगका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुने प्रतियोगितामा काठमाडौं गोर्खाज,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरि ६ टिमको सहभागिता रहेको छ ।

कुल ३४ खेल हुने प्रतियोगिता डबल राउन्डमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्