उर्लाबारीमा दुई समूहबीच झडप हुँदा एक युवा गम्भीर घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप भएको छ । झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा ९मिथुन० समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन् ।

मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण गर्दा उर्लाबारी—४ का गौतम तामाङको अवस्था गम्भीर छ ।

उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्रेष्ठ पनि घाइतेको भएको एसपी कोइरालाले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: