एकदिवसीय सिरिज: नेपाल यूएईविरुद्ध आज दोस्रो खेल खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

नेपालले आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईसँग खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

सोमबार भएको पहिलो एक दिवसीयमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो। पहिलोमा हार खाएसँगै तीन खेलको सिरिजमा नेपाल १-० ले पछि परिसकेको छ। घरेलु मैदानमा भएको सिरिज जित्नका लागि आजको खेलमा नेपाल दबाबमा हुनेछ।

नेपाल र यूएईबीच हुने तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array