काठमाडौँ – आज नेपालले पाहुना टोली यूएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि पहिलो खेल सुरु हुनेछ । त्रिवि मैदानमा नेपाल र यूएईबीच तीन खेलको सिरिज हुनेछ ।
नेपाल भ्रमणमा रहेको युएईसँगको दोस्रो खेल बुधबार र तेस्रो शनिबार हुँदैछ । पहिलो खेलमा जित दर्ता गर्दै सुखद् सुरुवात गर्ने तयारीमा दुवै देश रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्