राष्ट्रपति भण्डारीले डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड ग्रहण गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी महिला नेताहरूको ग्लोबल फोरममा भाग लिन आइसल्यान्ड पुगेकी छन् ।

राष्ट्रपति भण्डारीलाई त्यहाँ आइसल्यान्डको परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख राजदूत एस्ट्रिड ब्रेककान र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए ।

यसअघि, दोहामा ट्रान्जिटका क्रममा राष्ट्रपतिलाई राजदूत नरेशविक्रम ढकालसहित कतारस्थित नेपाली दूतावासका अधिकारीहरू र कतारको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरूले स्वागत गरेका थिए ।

यस्तै, फ्रान्कफर्टमा राष्ट्रपतिलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले बिहीबार रेक्जाभिक ग्लोबल फोरममा मुख्य मन्तव्य दिने र डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array