काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको भावी प्रधानमन्त्री को हो खुलाउन चुनौति दिएका छन । पोखरा सभागृहमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले म प्रधानमन्त्री हुन्छु भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पप्रचण्ड ‘रुनु न हाँस्नु’ भएको बताए । उनले भने, “शेरबहादुर देउवाले मै प्रधानमन्त्री हुने भनेपछि प्रचण्ड खङ्ग्रङ्ग भए, हाँस्नु न रुनु । म सँग भित्र तिमीलाई प्रधानमन्त्री बनाउँछु भने पनि शेरबहादुर देउवाले फेरि बाहिर त मै बन्छु भने ।”
“शेरबहादुर देउवाजीले भन्नुभयो, म प्रधानमन्त्री बन्न चाहान्छु,” ओलीले भने, “म गठबन्धनको निर्णय सुन्न चाहान्छु, जनता गठबन्धनको निर्णय सुन्न चाहान्छन्, को हो तपाईंको प्रधानमन्त्री रु” चुनावलक्षित कार्यकर्ता सम्बोधनमा ओलीले गठबन्धन भित्रै कलह हुने र फेरि पनि एमालेले एकल बहुमतको सरकार बनाउने दाबी गरे ।
“कांग्रेसका थुप्रा मान्छेले म प्रधानमन्त्री भनेका छन्, माओवादीकाले भनेका छन् । प्रधानमन्त्री विभिन्नले आआफ्ना तोकेका छन् । कोही कलाकार, कोही पत्राकारले आँटेका छन् ।” उनले थपे, “उहाँहरूको गठबन्धनको प्रधानमन्त्री को हो रु कार्यक्रम के हो रु भिजन के हो रु मिसन के हो रुकेही छैन ।”
गठबन्धनको घोषणापत्रलाई पनि उनले ‘कर्मकाण्ड’को संज्ञा दिए । माओवादीले आफ्नो घोषणापत्रमा समेटेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको विषयलाई उनले कांग्रेसको घोषणापत्रसँग अमिल्दो भएको संकेत गरे ।


प्रतिक्रिया दिनुहोस्