चलचित्र फूलबारीको पहिलो पोस्टर सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कथानक चलचित्र ‘फूलबारी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । निर्माता मानिस ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । चलचित्र ‘फूलबारी’ फागुन ५ गते रिलिज हुँदै छ ।

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्छ । दयाहाङ राई र विपीन कार्की अभिभावक र सन्ताको चरित्रमा छन् । विपीन कार्की अभिभावक र दयाहाङ सन्तानका रूपमा रहेका छन् ।

दयाहाङ र विपीनसँगै प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्केलगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array