टी-ट्वान्टी विश्वकप: भारत सेमिफाइनलमा, दक्षिण अफ्रीका बाहिरियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – भारतले अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । विश्वकप अन्तर्गत आइतबार बिहान नेदरल्यान्ड्सले दक्षिण अफ्रीकालाई हराएपछि भारत एक खेल अगाबै अन्तिम चारमा पुगेको हो ।

एडिलेटमा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रीकालाई १३ रनले हराएको हो । भारतले चौंथो पटक टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो ।

भारत समूह २ को शीर्ष स्थानमा रहेको छ । भारतले ४ खेलमा ६ अंक जोडेको छ । अन्तिम खेलमा भारतले आजै जिम्बावेको सामना गर्नेछ ।

नेदरल्यान्ड्ससँग पराजित दक्षिण अफ्रीका ५ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दक्षिण अफ्रीकाको सेमिफाइनल यात्रा पाकिस्तान र बंगलादेशबीचको खेलले निर्धारण गर्नेछ ।

पाकिस्तान ४ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नेदरल्यान्ड्स ४ अंक जोडेर चौंथो र जिम्बावे ३ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array