दाङका रोशनी महतरा र शरद आचार्य हत्या-काण्डमा नयाँ खुलाशा

यस अघि प्रहरीको यातना सहन नसकी हत्याको जिम्मेवारी लिएका हेटौडाका सुवास थिंग सँगै पक्राउपरेका सुशील थापा निर्दोष भएको प्रहरीले स्वीकारेको छ । यसअघि प्रहरीले सुबासलाई मुख्य दोषी मानेर अनुसन्धान अगाडि बढाएको थियो।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

गत असोज २७ गते राति देखि हराएका र पछि ३० गते जंगलमा पुरिएको अवस्थामा भेटिएका दाङका रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको वास्तविकता प्रहरीले पत्ता लगाएको छ । सथानीयले बँदेल मार्न थापेको विद्युतीय धरापमा परि उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको छ ।

फोनमा कुरा गर्दै एक अर्कालाई भेट्नकालागि निस्किएका उनीहरू सोही दिन स्थानीय गाउँकै चार जना ब्यक्तिले बँदेल मार्न थापेको विद्युतीय पासोमा परेको खुलेको हो ।

रोशनीको घर नजिककै रहेको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप बिच्छाईएको र सोही करेन्टको धरापमा परि रोशनी र शरदको ज्यान गएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले गोरक्षपोस्टलाई बताए ।

प्रहरीले चार जनालाईनै पक्राउ गरेको छ ।  पक्राउ परेका चारै जना दमारगाउँका स्थानीय हुन् । पक्राउ परेकाहरू सामाजिक सञ्जाल र युटुवमा हत्या विरूद्ध चर्को आवाज उठाउँदै आएकाहरू नै देख्दा प्रहरी समेत छक्क परेको छ ।

रोशनी र शरदको करेन्टबाट मृत्यु भइसकेपछि घटनालाई मोड्न चार जना ‘शिकारी’ ले मिलेर उनीहरुको टाउको र शरीरका बिभिन्न भागमा ढुंगाले थिचेको तथ्य खुलेको पनि प्रहरीले बताएको छ।  त्यहीँ घाउ चोटका आधारमा प्रहरीले उनीहरूको हत्या भएको बताउँदै आएको थियो। उनीहरू दुबैको टाउको र अनुहारका साथै शरदको अण्डकोषमा पनि गम्भीर चोट थियो ।

यस अघि प्रहरीको यातना सहन नसकी हत्याको जिम्मेवारी लिएका हेटौडाका सुवास थिंग सँगै पक्राउपरेका सुशील थापा निर्दोष भएको प्रहरीले स्वीकारेको छ । यसअघि प्रहरीले सुबासलाई मुख्य दोषी मानेर अनुसन्धान अगाडि बढाएको थियो।

सामाजिक र राजनीतिक दबाबबीच प्रहरीले ठूलो प्रेसरमा रहेर काम गर्दा केही कमिकमजोरी भए पनि धैर्यताकै कारण प्रहरीले तथ्य कुरा पत्ता लगाएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

Array