काठमाडौं– नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुने गरि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गर्ने भएको छ । बोर्डले बिहीबार धितोपत्र निष्कासन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका २०७९ लागु गरेको हो।
अब देखि आइपिओ सेयरको १० प्रतिशत श्रम स्वीकृति लिएर विदेशमा बसी रोजगारी गरीरहेका नेपालीहरुका लागि अनिवार्य छुट्याउने पर्ने छ।
सेयर निष्कासन गर्दा बिक्री प्रबन्धकले सर्वसाधरणका लागि निष्कासन गर्नु १५ दिनअघि नै अवधि तोकेर आह्वान पत्र प्रकाशित गर्नु पर्ने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा १० प्रतिशत आरक्षण आजबाट लागू

प्रतिक्रिया दिनुहोस्