निर्वाचन प्रचार प्रसारमा जाँदा सार्वजनिक पदमा रहेकालाई आयोगको अनुमति अनिवार्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– बुधबार काठमाडौँस्थित निवार्चन आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने बताएका छन।
प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको बताएका हुन्।
उनले भने, ‘निर्वाचन आचारसंहिता २०७९ ले नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीहरुले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था नै गरेको पनि बताए । निर्वाचन आयोगले नेपालको संविधानले तोकेबमोजिम आवातजावतमा रोकतोक गर्दैनँ। मात्रै सार्वजनिक पद धारण गरेका सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, प्रदेश मन्त्रीज्यूहरुले अनुमति लिएर जान सक्न उनको भनाई छ। र, त्यसरी जाँदाखेरी कुनै पनि सरकारी स्रोत, साधनको प्रयोग गर्न भने नहुने बताए ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्