राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र भोलि सार्वजनिक गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी वाचापत्र सार्वजनिक गर्ने भएको छ । भोलि कमलादीस्थित प्रज्ञा भवनबाट पार्टी सभापति लामिछानेले वाचापत्र सार्वजनिक गर्ने बताइएको छ ।

चुनावमा मतदाता आकर्षित गर्न अन्य पार्टीले सार्वजनिक गरेका घोषणापत्र जस्तै स्वतन्त्र पार्टीले पनि वाचापत्रका नाममा मतदाता तान्न खोजेको हो । काँग्रेस, एमाले, माओवादीलगायतका ठूला पार्टीहरुले संकल्पपत्र, प्रतिबद्धतापत्र, घोषणापत्र नाम दिएर आफ्ना कुरा सार्वजनिक गरिसकेका छन् ।

- Advertisement -
Ad image

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले घोषणापत्र आफ्नो पार्टी कार्यालयबाट सार्वजनिक गरेका थिए । एमालेले हिजो राजधानीको पाँच तारे होटलमा कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेको हो । लामिछानेले भने प्रज्ञा भवन कमलादी रोजेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्