आयरल्याण्डलाई हराउँदै अष्ट्रेलियाको दोस्रो जीत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले दोस्रो जीत निकालेको छ । ब्रिसबेनमा सोमवार भएको खेलमा आयरल्याण्डलाई ४२ रनले हराउँदै अष्ट्रेलियाले दोस्रो जीत निकालेको हो ।

अष्ट्रेलियाले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

जीतसँगै अष्ट्रेलिया समूह १ को दोस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले ४ खेलमा ५ अंक जोडेको छ । आयरल्याण्ड ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्

Array