काठमाडौँ – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएईसँग) तीन ओडीआई खेलको सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यूएईसँग खेल्ने तीन सिरिजको मिति सार्वजनिक गरेको छ ।
नेपाल र युएईंको सिरिज २८ कात्तिकदेखि २ मंसिरसम्म हुनेछ । जसअनुसार पहिलो खेलमा २८ कात्तिक र दोस्रो खेल ३० कात्तिकमा हुनेछ । तेस्रो खेल २ मंसिरमा हुनेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिबिया भ्रमणअघि यूएईसँग सिरिज खेल्न लागेको हो ।
नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । जुन सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ । नेपाल हाल विश्वकप लिग–२ मा ८ जित र ११ हारसहित १७ अंकका साथ छैटौं स्थानमा छ ।
युएई १२ जित र ११ हारसहित २७ अंक जोडेर चौथो स्थानमा छ । नेपालले अब विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । जसमा घरेलु र विदेशी भूमिमा समान ८ खेल खेल्नेछन् । विदेशी भूमिमा नामिबिया र पपुवा न्युगिनी हुनेछ । नेपाल शीर्ष तीनमा परे सोझैं एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्