एकीकृत समाजवादीको घोषणापत्र भोलि सार्वजनिक हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । महासचिव डा।बेदुराम भुसालले सोमबार अपराह्न चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

सो पार्टीको घोषणापत्र मस्यौदा समितिमा रहेका एक सदस्यका अनुसार नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ ।

निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने भनेपनि कस्तो निर्वाचन प्रणाली अवलम्बन गर्ने भन्ने सो पार्टीले स्पष्ट खुलाएको छैन । समाजवादीले आफ्नो घोषणापत्रमा शासकीय स्वरूपबारे पनि केही बोलेको छैन । जबकि सत्ता सहयात्री नेकपा माओवादीले भने निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्ने आफ्नो घोषणापत्रमा समेट्ने बताउँदै आएको छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिने गरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व(पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका नदीलाई जोड्दै पूर्व पश्चिम नहर निर्माण गर्ने विषय घोषणापत्रमा समेटिएको महासचिव भुसालले जानकारी दिए । उनले कृषि उत्पादन वृद्धि गर्न सिँचाइ आवश्यक रहेको र पूर्वपश्चिम महानर निर्माण गरेर सिँचाइ नपुगेका मधेसका अधिकांश क्षेत्रमा सिँचाइको व्यवस्था गर्न सकिने बताए । ‘सबै नदीहरूलाई जोड्ने गरी मधेस र पहाडको बीच भाग ९चुरे०बाट पूर्वपश्चिम महानहर बनाएर सम्पूर्ण तराईमा सिँचाइ पुर्‍याउने योजना घोषणापत्रमा उल्लेख छ’, महासचिव भुसालले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array