ललितपुर क्षेत्र नम्बर ३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी निवार्चन आयोगको शनिबार बसेको बैठकले खारेज गरेको छ । डां कार्कीले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।
दाबी विरोध गर्ने समय सकिएपछि डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, ललितपुरमा उजुरी परेको थियो । कार्यालयले सोधेको स्पष्टीकरणमा कार्कीले आफू मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र यो लाभको पद नभएको जिकिर गरेकी थिइन् ।
काउन्सिलले सदस्यको मासिक पारिश्रमिक नहुने तर, बैठक भ्रमण भत्ता कार्कीले २०७९ वैशाखदेखि भदौसम्म १ लाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएकी छिन् । साथै अख्तियार ऐनअनुसार सम्पत्ति विवरण पनि बुझाउने भएकाले सार्वजनिक पद भएको काउन्सिलको जवाफमा उल्लेख छ ।

आयोगको शनिबार बसेको बैठकले सार्वजनिक पद धारण नगरेको भनेर कार्कीले गरेको स्वघोषणा उल्लंघन भएको र पारिश्रमिक वा आर्थिक सुविधालाई लाभको पद भनिने संविधानमा प्रष्ट व्यवस्था रहेकाले कार्कीको उम्मेदवारी खारेज हुने निर्णय गरेको बताइएको छ ।

- Advertisement -
Ad image

यस्तै रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थन पाएको राष्ट्रिय जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय गरिएको छ । समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनले थापालाई समर्थन गरेवापत जनमुक्तिले रुपन्देही १ मा डिबी थापा, रुपन्देही–३ मा मोजिव अलि, रुपन्देही–४ मा जवाहर अली र रुपन्देही ५ मा भैरव बहादुर थापाको उम्मेदवारी निष्क्रिय पारेको हो । यहाँ नेकपा एमालेका विष्णु पौडेल उम्मेदवार छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्