महोत्तरीमा हिन्दू मुस्लिम झडप: भँगाहामा अनिश्चितकालीन कर्फ्यू जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

महोत्तरीको भँगाहामा नगरपालिकाको पररियामा अनिश्चितकालीन कर्फ्यू जारी भएको छ । बिहीबार बिहानदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता र मुस्लिम समुदायबीच दिनभर झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

बिहीबार हिन्दु सेना सम्राटका कार्यकर्ता र मुस्लिम समुदायबीच दिनभर झडप भएपछि  अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

हिन्दु सेना सम्राटले मार्च पास निकालेकोमा भंगहा नगरपालिका–८ पररियामा मुस्लिम धार्मिक  समुदायका मानिसले ढुंगा प्रहार गरेपछि झडप शुरु भएको थियो।

दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। अवस्था तनावग्रस्त भएपछि प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेका थिए।

भारतमा भइरहेको हिन्दू मुस्लिम अतिवादको प्रभाव तराइका जिल्लामा परेको यो पछिल्लो घट्ना हो । तराइका जिल्लामा आरएसएस को गतिबिधि बढेको छ । साथै मुस्लिम समुदायमा अतिवाद बढेको छ । मुस्लिम समुदायमा जमात र मदरसा बढ्नुले अतिवाद बढेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्