दक्षिण अफ्रिकाले टी–२० विश्वकप सुपर–१२ ग्रुप–२ अन्तरगतको खेलमा बंगलादेशलाई १ सय ४ रनले पराजित गरेको छ । वर्षाले खेल अवरूद्ध हुदा जिम्बावेसँग अंक बाडेको दक्षिण अफ्रिकालाई यस्तो जित आवश्यक थियो । यो जितसँगै दक्षिण अफ्रिकाको दुई खेलबाट तीन अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाकाले रिले रोसीको शतकिय पारीको बलमा २०५ रन बनायो । जितका लागि ठूलो लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा अलआउट हुदै १ सय १ रन बनायो ।
दक्षिण अफ्रिकाको लागि रोसीले ५६ बलमा १ सय ९ रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । यसपल्टको विश्वकपको यो पहिलो शतक हो । उनले क्विन्टन डे ककसँग मिलेर दोस्रो विकेटका लागि कीर्तिमान १ सय ६८ रनको साझेदारी पनि गरे । डे ककले ३८ बलमा ६३ रन बनाए ।
बंगलादेशका लागि लिटन दासले ३४ रन बनाए । अरू कसैको उल्लेखनिय प्रदर्शन रहेन ।
दक्षिण अफ्रिकाका लागि एनरिच नोकिएले चार तथा ताब्रिज सम्सीले तीन विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्