प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फका ५५० जनाको उम्मेदवारी खारेज(सूचीसहित)

उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतका विभिन्न पार्टीबाट बन्दसूचीमा नाम रहेकाको नाम आयोगले हटाएको हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ — निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये ५५० जनाको उम्मेदवारी खारेज गरेको छ ।

जसअनुसार प्रतिनिधिसभाको लागि समानुपातिक उम्मेदवार बनेका २०३ जनाको नाम बन्दसूचीबाट आयोगले हटाएको छ ।

- Advertisement -
Ad imageAd image

त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ४५ जना, मधेश प्रदेशबाट ८४, बागमती प्रदेशबाट ७१, गण्डकी प्रदेशबाट २२, लुम्बिनी प्रदेशबाट ७८, कर्णाली प्रदेशबाट २२ र सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतका विभिन्न पार्टीबाट बन्दसूचीमा नाम रहेकाको नाम आयोगले हटाएको हो ।

नाम हटाइएका उम्मेदवारहरुको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

यो लिंकमा क्लिक गरेर खारेज भएका सम्पूर्ण उम्मेदवारको विवरण हेर्न सक्नु हुन्छ :

https://drive.google.com/file/d/1mFsIVqH5OfATyNqZ4aAX17bS3guj2bP7/view

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्