आज भाइटीका : बिहान ११:३७ बजे उत्तम साइत

तिहारको पाँचौँ दिन आज भाइटीका, दिदी–बहिनीले दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर मनाइने चलन रहेको छ  । यमपञ्चकको अन्तिम आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ — नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट भाइटीका लगाइदैछ । आज बिहान ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तिहारको पाँचौँ दिन आज भाइटीका, दिदी–बहिनीले दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर मनाइने चलन रहेको छ  । यमपञ्चकको अन्तिम आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वाश गरिन्छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । बिहान ८:४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने , त्यसअघि चन्द्रमा तुला राशिमा रहने र  तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्