काठमाडौँ — सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ । थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत हुन् ।
सत्तारुढ गठबन्धनका चार दलका प्रमुखहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
यो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजु गुरुङ उम्मेदवार बनेका थिए । तर चेक अनादर सम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । जसलाई पछि सर्वोच्च अदालतले सदर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्