रानीपोखरीको बालगोपालेश्वर मन्दिर भोलि खुल्ने, सामुहिक भाइटीका हुने

बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिन्छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ — भाइटीकाका अवसरमा रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुल्ने भएको छ । भोलि बिहानैदेखि मन्दिर खोलिने र यसको सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले गोराक्षपोष्टलाई बताए ।

रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा प्रत्येक वर्ष भाइटीकाका अवसरमा दाजुभाइ नहुने वा बिभिन्न कारणले भाईटीका लगाउन नपाएका दाजुभाई दिदीबहिनीले मन्दिरमा उपस्थित भई सामुहिक भाइटीका लगाउने गर्छन् ।

बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्