आयोगद्वारा समानुपातिकतर्फ ५४८ जनाको उम्मेदवारी खारेज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले आगामी संसदीय चुनावका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उमेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो ।

- Advertisement -
Ad imageAd image

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले ५४८ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी दिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्