काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले दीपावली, नेपाल सम्बत् तथा छठ पर्वका अवसरमा मंगलबार काठमाडौंमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतन्त्रको विकास र सुदृढीकरणका लागि स्वतन्त्र र निष्पक्ष सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताए ।
देउवाले प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि गठबन्धन दलहरु पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै आवधिक निर्वाचनले जनतालाई राज्य शक्तिको केन्द्रमा पुर्याउने उल्लेख गरे । उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले सुशासन, स्थिरता र संविधानको रक्षाका लागि सत्तारुढ दलहरुको गठबन्धन बनेको बताए ।


प्रतिक्रिया दिनुहोस्