मौसममा बदली: वाग्मती र गण्डकी प्रदेशमा आज वर्षा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – आज बिहान देशका पहाडी भू–भागमा आंशिक वदली रहेको छ । बाँकी भ–ूभागहरूमा मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार आज प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

- Advertisement -
Ad image

आज राति प्रदेश १ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक वदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का थोरै स्थान र वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

नेपालमा अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्