स्वार्थका लागि गठबन्धन बनेको होइन, भ्रम फैलाइयो: बाबुराम भट्टराई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल समाजवादी अध्यक्ष डा। बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनबारे भ्रम फैलाइएको भन्दै सचेत गराएका छन् ।

बागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले गठबन्धनबारे भ्रम फैलाइएकाले सचेत रहनुपर्ने भन्दै सत्ता स्वार्थका लागि गठबन्धन नबनेको दाबी गरे ।

- Advertisement -
Ad image

सत्ताका लागि दलहरु गठबन्धन गरेर आगामी निर्वाचनमा जान लागेको बताइएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गठबन्धन सत्ता स्वार्थमा नरहेको दाबी गरेका हुन् ।

बहुदलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने भए पनि देशलाई जोगाउन गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्