हराएको तीन दशकपछि न्यूयोर्कमा भेटियो सुनौलो भैरव मास्क

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

बाबुराम शर्मा

दोलखा- भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखाको नकछे ंस्थित प्रधान परिवारको गुठीमा रहेको सुनौलो भैरव मास्क हराएको करिब तीन दशकपछि विदेसमा फेला परेको छ ।
सुनौलो भैरव मास्क  स्थित रुबिन म्युजियम अफ आर्टमा फेला परेलगत्तै यही गुठीबाट चोरिएको अर्को भैरव मास्क (हाथो द्यो) डल्लास म्युजियम अफ आर्टमा फेला परेको स्थानीय प्रवीण प्रधानले जानकारी दिए ।
उनका अनुसार हराएका वा चोरिएका नेपाली सम्पदाको पहिचान तथा घरफिर्तीमा अभियान बनेको ‘लस्ट आर्ट्स् अफ नेपाल’ का अनुसार सोह्रौं शताब्दीको कृति मानिएका यी मास्क सन् ९० को दशकमा एकै पटक हराएका थिए । भैरव मास्कको पुरानो तस्विरका आधारमा डल्लास म्युजियममा प्रदर्शनीमा राखिएको मास्क पहिचान भएको हो ।
स्थानीय अग्रजका अनुसार २७ वर्षअघिको इन्द्रजात्राका अवसरमा यी मास्क प्रदर्शनीमा थिए । गुठी (टोलघर) अन्तर्गत रहने यस्ता दर्जनौं पुरातात्विक सम्पदा दोलखाबाट हराइरहेका छन् । ‘अहिले हाम्रा सम्पदा अमेरिका÷बेलायततिर रहेको सुन्दा अचम्म लागेको छ’ उनले भने ।
ठूलो राजा मानिने २०५० साल फागुन २२ गते, साना दुई÷तीन वटा र पूजा सामग्री समेत २०५१ साल फागुन २४ गते हराएपछि गुठियार भीमबहादुर प्रधान, भैरव प्रधान र यज्ञबहादुर प्रधानले सम्पूर्ण विवरण सहित २०५० साल चैत ५ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अपराध अनुसन्धान महाशाखा हनुमान ढोकामा जाहेरी दिए ।
प्रचारप्रसारमा आएलगत्तै पुरातत्व विभागमा जानकारी गराइएको बताउँदै स्थानीय प्रधानले भने, पुरातत्व विभागबाट नेपाल सरकारले यी मूर्ति झिकाइदिने आश्वासन दिएको छ । अर्को वर्षमा यी मूर्ति पूज्न पाउने पनि आश्वासन पाइएको छ ।

- Advertisement -
Ad image

भेटिएका मूर्तिहरु
 

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्