मनोनय दर्तामा बाजा बजाउने योजना नभएको प्रचण्डको स्पष्टीकरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उमेदवारी मनोनयन दर्ताका क्रममा बाजागाजा बजाउने पार्टीको निर्णय नभएको स्पष्ट पारेका छन् ।

निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले कताबाट बाजा बज्यो भन्ने समेत आफूलाई थाहा नभएको उल्लेख गरेका छन् । उनी आसन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार हुन् ।

- Advertisement -
Ad imageAd image

“हामीले आचारसंहिता पालना गरेका छौँ । बाजागाजा कताबाट बजाएर आए, त्यो कुरा हामीलाई जानकारी हुने कुरा भएन । बाजा बजाउने पार्टीको योजना थिएन,” प्रचण्डले दिएको स्पष्टीकरणको जवाफ उद्धृत गर्दै आयोग स्रोतले बताए ।

आयोगले निर्वाचन आचारसंहिताविपरीत उमेदवारी मनोनयन दर्ताका क्रममा बाजागाजा किन बजाएको बारेमा स्पष्टीकरण सोधेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्