काठमाडौँ – सत्तारूढ दल नेपाली कांग्रेसले घोषणापत्र लेखन सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले ४१ सदस्यीय घोषणापत्र लेखन समिति गठन गरेको थियो ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणापत्र समितिले लेखनको सम्पूर्ण काम सकेर सार्वजनिक गर्ने तयारी गरेको छ ।
“हामीले लेखन सम्पन्न गरिसकेका छौँ । सार्वजनिक गर्न प्रधानमन्त्रीको समय कुरेर बसेका छौँ,” उनले भने, “हिजो सार्वजनिक गर्ने कुरा थियो, तर भएन । आज पाँच बजेसम्म सार्वजनिक गर्ने कुरा छ । तर, हेरौँ प्रधानमन्त्रीको समय पाइन्छ कि पाइँदैन ।”
समितिले विषयगत समिति बनाएर घोषणापत्रमा छलफल गरेको थियो । यस्तै, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सुझावको माग गरिएको थियो । सबै विषयलाई समेटेर घोषणापत्र लेखिएको उनले जानकारी दिए ।
डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, डा. कृष्णप्रसाद पौडेल, गेजा शर्मा वाग्ले जस्ता विषयगत विज्ञहरुले कांग्रेसको घोषणापत्र लेखेका हुन् ।


प्रतिक्रिया दिनुहोस्