जिउँदो कुखुरा बोक्ने गाडीमा कुखुराको तयारी मासुको ढुवानी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– शनिबार काठमाडौं महानगरपालिकाको अनगुमन टोलीले जिउँदो कुखुरा बोक्ने गाडीमा कुखुराको तयारी मासु खुला रुपमा ढुवानी हुँदै गरेको अवस्थामा फेला पारेको छ । महानगरले वडा नं. ६ चुच्चेपाटीमा खुला रुपमा कुखुराको तयारी मासु ढुवानी गरिरहेको अवस्थामा गाडी भेटेको हो ।
प्र. ३ — ०१, ०२३ च २३८७ नम्बरको दोलखाली कोल्ड स्टोरको गाडीमा भुत्ला फालिएका २०० वटा कुखुरा थियो । गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा भएको बताइएको छ । पक्राउ परेपछि गुरुङले, गाडी मालिक कुवीर सुनारलाई बोलाएका थिए ।
अनुगमन टोलीले अस्वस्थकर ढुवानीका विषयमा सोधेको प्रश्नको उत्तरमा सुनारले, आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको, हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरिएको, हिजो नै गाडी दुर्घटनामा परेकोले आज यसरी ढुवानी गर्नुपरेको उनको तर्क थियो ।
अनुगमन टोलीले यसरी भेटिएको मासु बिक्रीमा रोक लगाएको बताएको छ ।
शनिबार नै चावहिल क्षेत्रका मिठाइ पसलहरुको पनि अनुगमन गरिएको छ । अन्य ठाउँमा जस्तै यी ठाउँका पसलमा पनि भान्छा फोहोर हुने, म्याद सकिएका रङ्गको प्रयोग गर्ने, फ्रिज सफा नगर्ने, व्यक्तिगत सफाइमा ध्यान नदिने जस्ता समस्या देखिएको बताइउको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्