चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन: सी जिनपिङ पुन: महासचिवमा चयन

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । केन्द्रीय कमिटीमा धेरै नयाँ अनुहार आएका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

चिनियाँ कम्युनिस्ट पार्टी (CPC) को २०औं राष्ट्रिय सम्मेलन (महाधिवेशन) सम्पन्न भएको छ । सर्वोच्च नेता सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पुन: महासचिवमा चयन गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले, १९औ महाधिवेशनले पारित गरेको ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारामा चिनियाँ विशेषता सहितको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा प्रस्तुत गरिएको थियो । जसले अव समाजवादको आधार तयार गर्दै समाजवाद तर्फ चीनलाई लैजाने मार्गचित्र स्पष्ट गरेको छ ।

- Advertisement -
Ad imageAd image

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । केन्द्रीय कमिटीमा धेरै नयाँ अनुहार आएका छन् ।

महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका  ली खछ्याङ (प्रधानमन्त्री), ली चान्सु(चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्स, अध्यक्ष), वाङ याङ (चिनियाँ जन कंग्रेस अध्यक्ष) र हान झेन (उपप्रधानमन्त्री) छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्