चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन: हु जिन्ताओलाई हलबाट निकालियो (भिडियो)

अन्तर्राष्ट्रय संचार माध्यम APFले सार्वजनिक गरेको भिडियोमा हु लाई २ जना मानिसले बलप्रयोग गरेर बाहिर निकालेको देखिन्छ  ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय सम्मेलनको समापन समारोहमा अनौठो दृश्य देखिएको छ । सी चिनफिङलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि पार्टी महासचिव चुनेको समापन समारोहमा  पूर्वराष्ट्रपति एवम् पूर्व महासचिव  हु जिन्ताओलाई जवरजस्ती हलबाट निकालिएको भिडियो सार्वजनिक भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनको समापन समारोहबाट पार्टीका पूर्व महासचिव तथा पूर्व राष्ट्रपति हु जिन्ताओलाई जवरजस्ती बाहिर निकालिएको हो । अन्तर्राष्ट्रय संचार माध्यम APFले सार्वजनिक गरेको भिडियोमा हु लाई २ जना मानिसले बलप्रयोग गरेर बाहिर निकालेको देखिन्छ  ।

- Advertisement -
Ad image

उक्त भिडिओमा देखिए अनुसार सीको बाँयातिरको सिटमा बसेका हु जिन्ताओलाई सुरुमा एक जना पुरुषले केही भनेर सिटबाट उठाउन खोज्दछन्, जिन्ताओ उठ्न मान्दैनन् । केही बेरको प्रयासपछि हु सिटबाट उठ्छन्, सी लाई केहि भन्छन् र छेउमा आसीन प्रधानमन्त्री ली खछ्याङको काँधमा धाप मार्छन् । त्यसपछि उनलाई दुई जना पुरुषहरूले हलबाट बाहिर लिएर जान्छन् ।

उनलाई किन यसरी बाहिर निकालियो भन्ने विषयमा अधिकारिक रूपमा केहिपनि सार्वजनिक भएको छैन । जिन्ताओ सी को तेस्रो कार्यकाल र सी विचारधाराको बिरोधी रहेको बताइन्छ । सन् २०१२ मा सी महासचिव चुनिनु अघि जिन्ताओ पार्टीका महासचिव र चीनका राष्ट्रपति थिए।

भिडियो : APF

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्