असोजमा पनि वीरगञ्ज भन्सारले लक्ष्य पूरा गर्न सकेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं–
वीरगञ्ज देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को लगातार तेस्रो महिनामा लक्ष्यअनुसार राजश्व उठाउन सकेको छैन ।
वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार यस कार्यालयले चालु आवको असोज महिनामा १२ अर्ब ४९ करोड ३८ लाख ८३ हजार राजश्व संकलन गरेको छ। यो तथ्याङ्क भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा ४२ दशमलव ९ प्रतिशत कम राजश्व संकलन गरेको छ।
भन्सार विभागबाट असोज महिनामा वीरगञ्ज भन्सार कार्यालयले २१ अर्ब ८८ करोड ३३ लाख ६८ हजार राजश्व संकलन गर्ने लक्ष्य थियो । गत आवको असोज महिनामा भने वीरगञ्ज भन्सारले १ सय २० दशमलव ५ प्रतिशत राजश्व संकलन गरेको थियो। यसअघि चालु आवको पहिलो दुई महिना साउन र भदौमा पनि वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य पुरा गरेन ।

चालु आवको साउनमा वीरगञ्ज भन्सारले लक्ष्यभन्दा १४ दशमलव ५ प्रतिशत कम राजश्व संकलन गरेको थियो। यो महिनामा भन्सार विभागबाट पाएको कुल १५ अर्ब २० करोड ७ लाख ५५ हजार लक्ष्य पाएकोमा जम्मा १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार मात्रै राजश्व संकलन गरेको थियो। जुन लक्ष्यको ८५ दशमलव ५ प्रतिशत मात्रै थियो।

- Advertisement -
Ad imageAd image

यसैगरी, भदौ महिनामा पनि वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य पूरा गर्न असफल भएको थियो। भदौ महिनामा विभागबाट १९ अर्ब २९ करोड ४५ लाख ७६ हजार राजश्व संकलन गर्ने लक्ष्य पाएकोमा जम्मा १४ अर्ब १४ करोड २५ लाख १३ हजार मात्रै राजश्व संकलन गरेको थियो।
देशकै प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सारले लगातार तीन महिनामा लक्ष्यअनुसार राजश्व उठाउन नसक्नुको मुख्य कारण सरकारले पछिल्लो समय आयातमा गरेको कडाइ रहेको भन्सार अधिकारीहरु बताउँछन्।
वीरगञ्ज भन्सार कार्यालयबाट चालु आवको तीन महिनाको अवधिमा आयातरनिर्यात दुवै घटेको छ। तर, व्यापार घाटा भने बढेको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा जनाइएको छ। जारी तथ्यांकअनुसार चालु आवको तीन महिनाको अवधिमा नेपालमा एक खर्ब ४८ अर्ब ३६ करोड ५५ लाख १२ हजार मूल्य बराबरको वस्तुहरू आयात भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्