बागमती प्रदेश स्तरीय क्रिकेटको उपाधि मकवानपुरलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – बागमती प्रदेश स्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्लाले हात पारेको छ । काठमाडौँमा आयोजना भएको बागमती प्रदेश स्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मकवानपुर बिजेता बनेको हो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा ललितपुरलाई २ विकेटले हराउँदै मकवानपुर बिजेता बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४० ओभरको गेममा ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । यस्तै ललितपुरले १ सय ४९ रन बनाएको थियो । मकवानपुरलाई जित दिलाउन ५ विकेट लिएका मकवानपुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित भएका छन् ।

५ विकेट लिए बापत शर्मालाई मकवानपुरका पूर्व खेलाडी उत्सव सिग्देलले १३ हजार नगद प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array