मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको छैन: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

‘चार गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन जस्तो छैन,’ प्रचण्डले भने, ‘देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ ।’

यसलाई गम्भीरतापूर्वक विचार गर्न र जनतालाई राम्रोसँग बुझाउन उनले गठबन्धनका नेता कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । ‘किनकी यो हाम्रोलागि र लोकतन्त्रको लागि हामी सबैले ठूलो संघर्ष र बलिदानपछि प्राप्त गरेको उपलब्धिको रक्षा गर्ने प्रश्नसँग जोडिएको छ,’ प्रचण्डले भने ।

काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई प्रतिनिधि सभा सदस्यको उम्मेदवार छिन् । नेपाल समाजवादी पार्टीकी मानुषी माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछिन् ।

काठमाडौं क्षेत्रनम्बर ७ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि श्याम कुमार घिमिरे उम्मेदवार छन् ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्