चलचित्र महापुरुषलाई ओलीको शुभकामना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओलीले आफूलाई ‘महापुरुष’ चलचित्र हेर्ने इच्छा भएको बताएका छन् ।

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको अभिनय रहको चलचित्र ‘महापुरुष’कार्तिक ११ देखि देशभर प्रदर्शनमा आउँदै छ । सोही चलचित्रको सफलताको शुभकामना दिँदै ओलीले कलाकार मदनकृष्ण श्रेष्ठको प्रशंसा गर्दै भनेका छन्, ‘वाह कस्तो इच्छाशक्ति १ सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुन्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना गर्दछु।

- Advertisement -
Ad imageAd image

मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनीत चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु।’ ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्