काठमाडौँ – नेपाल आयल निगमले विभिन्न पदका लागि १२८ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् १२८ जना कर्मचारी माग गरेको हो।
निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फारम भर्न सक्ने जनाएको छ।
निगमका अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नसक्ने जनाएको छ। निगमले ११ तहदेखि अरु सबै तहमा १२८ जना कर्मचारीको माग गरेको छ।
जसमा चौथो र पाँचौको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ। त्यस्तै छैठौं तहदेखि माथिको पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। साथै महिला एवं अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्