दुईतर्फी हवाई सम्झौता अघि प्रारम्भिक अध्ययन गर्न अमेरिकी टोली नेपालमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– अमेरिकाको फेडरल एभिएसन एडमसनीस्ट्रेसनका प्रतिनीधि उड्डयन क्षेत्रको दुईतर्फी हवाई सम्झौता अघि प्रारम्भिक अध्ययन गर्न नेपाल आइपुगेको छ । आवश्यक प्रक्रिया सक्न तीन जना प्रतिनीधि बिहीबार साँझ नेपाल आइपुगिसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । यो टोलीले शुक्रबार नेपालको उड्डयन क्षेत्रको अध्ययन गरी शनिबार पुनः स्वदेश फर्कने योजना रहेको उनले जानकारी दिएको छ।

एक महिना अघि नेपाल र अमेरिकाबीच दुईतर्फी हवाई सम्झौताका लागि पत्राचार सुरु भएको थियो। यसका लागि प्राधिकरण र अमेरिकाको फेडरल एभिएसन एडमिसनीस्ट्रेसनबीच पत्राचार भएको थियो।
नेपाल(अमेरिका दुईतर्फी सिधा हवाई सेवा सुरु गर्ने बारेमा तीन महिना अघिदेखि काम थालिएको हो। प्रारम्भिक छलफल अनुसार अमेरिकाका युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ।
हाल नेपालमा टर्किस, कतार एयरवेज, सिंगापुर, थाइ लगायतका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल(अमेरिका उडान सेवा दिँदै आएका छन्। जसमध्ये सिंगापुर एयरलाइन्सले सबैभन्दा बढी यात्रु अमेरिका लगिरहेको छ। नेपालले अहिलेसम्म ४० वटा मुलुकसँग दुईतर्फी सिधा उडानको सम्झौता गरिसकेको छ।दुई देशबीच सिधा उडान सुरु भए शैक्षिक, व्यवसायिक तथा अन्य भ्रमणका लागि आउजाउ गर्ने बाह्य पर्यटक र नेपालीका लागि सहज हुने बताइएको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्