नालापानी र के घर के डेरा आजबाट देशभर प्रदर्शनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘के घर के डेरा’ र रिमेश अधिकारी निर्देशित चलचित्र ‘नालापानी’ आज (शुक्रबार) बाट देशभर नेपाली सिनेमाघरमा प्रदर्शन हुँदैछ ।

तिहारलाई लक्षित गर्दै आजबाट ‘के घर के डेरा’ र ‘नालापानी’ प्रदर्शनमा आउन लागेको हो । अभिनेता दयाहाङ राईसँगै विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको ‘के घर के डेरा’ मा सहरमा डेरामा बस्नेहरूको पीडा र सङ्घर्षको कथालाई चित्रण गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

- Advertisement -
Ad image

यसै गरी, अभिनेता अर्जुनजंग शाही, देशभक्त खनाल, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की लगायतको अभिनय रहेको चलचित्र ‘नालापानी’ मा सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई चलचित्रमा देखाइएको बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्