नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्दै प्रधानमन्त्री देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गरेका छन्। बिहीबार दिउँसो पोखरा रंगशालामा आयोजित फुटबलको फाइनल खेल देउवाले अवलोकन गरेका हुन्।

प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन्। पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ। प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्